प्रदेश एवं स्थानीयका तहका कर्मचारीहरुको सेवाकालिन तालिम आजबाट शुरु
.jpg)
डेटूडे खबर डेस्क
२२ फाल्गुण २०७८
जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेश एवं स्थानीय तहका कर्मचारीहरुलाई सबल, सक्षम, बढुवा एवं स्तरवृद्धिको लागि ३५ दिने सेवाकालिन तालिम शुरु गरेको छ ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले प्रदेश एवं स्थानीय तहका चौथो र पाँचौ तहका (प्रशासन, विविध, लेखा) समूहमा कार्यरत कर्मचारीहरुको लागी ३५ दिने सेवाकालीन (३० कार्य दिन) तालिम जनकपुरधाममा आजबाट सुरु भएको हो । उक्त तालिममा साठी जना कर्मचारीहरु सहभागी रहेको उक्त तालिमको शुभारम्भ मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए ।
प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारीको अध्यक्षतामा शुभारम्भ भएको कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशमा एवं स्थानीय तहका सुशासन कायम गर्दै विकास निर्माणको कार्यलाई गतिशिल बनाउनुका साथै कर्मचारीहरुको वृति विकासको लागी समेत तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री राउतका अनुसार राजनीतिक व्यक्तिको स्थायित्व हुँदैन आज छ भोलि छैन । स्थायी सरकारको रुपमा निजामती कर्मचारीहरु नै रहेको बताए साथै निजामती कर्मचारीहरु मालिक नभएर सेवक हो । जनताको लागि कर्मचारी सेवकको रुपमा प्रस्तुत हुन आग्रह समेत गरेका छन् ।
सेवाग्राहीहरुसंग कर्मचारीले गर्ने व्यवहारबाटै सर्वसाधारण जनताले राज्यको अनुभूति सुशासनको अनुभूति गर्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले संयमतापूर्ण व्यवहार गर्न आग्रह समेत गरेका छन् ।