मिथिला मध्यपरिक्रमामा तीर्थालुको मृत्यु

  डेटूडे खबर डेस्क
  २३ फाल्गुण २०७८

                            

जनकपुरधाम । मिथिला मध्यपरिक्रमामा सहभागी एक तीर्थालुको सोमबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहारकी ५० बर्षीया प्रमिला देवी दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । परिक्रमा टोली जलेश्वर पुगेको बेला जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा पोखरीको सिँढीमा रिंगटा लागेर लडेकी थिइन् ।

उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।मृतकको शव जलेश्वर अस्पतालमा पोष्टमार्टम गरेपछि आफन्तलाई बुझाएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट