वीरगञ्जका छुट्टाछुट्टै स्थानबाट चालकसहित ट्रक र कन्टेनर नियन्त्रणमा

  डेटूडे खबर समाचारदाता
  २३ फाल्गुण २०७८

                            

 

वीरगञ्ज । भन्सार राजश्व छलेर ल्याएको सामानसहित प्रहरीले वीरगञ्जका छुट्टाछुट्टै स्थानबाट चालकसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ ।

खुद्रा र हार्डवेयर सामान काठमाडौं लैजाँदै गरेको सूचनाको आधारमा खटिएको टोलीले आइतबार साढे ५ बजे वीरगञ्ज महानगरपालिका वडा नं। १५ प्रतिमा चोकबाट कन्टेनर नियन्त्रणमा लिएको थियो ।

ना ६ ख ९९९५ नम्बरको कन्टेनरमा भन्सार छलेर ल्याएका खुद्रा सामान र हार्डवेयर सामान फेला परेको प्रहरीले जनाएको छ । कन्टेनरको समानको मूल्य ४० लाख रुपैयाँ मूल्याङ्कन गरिएको छ ।

त्यस्तै भन्सार छलेर ल्याएको लत्ताकपडा, जुत्ता तथा खुद्रा सामानसहित प्रहरीले सोमबार दिउँसो साढे १ बजे वीरगञ्ज महानगरपालिका–८ घण्टाघर चोकबाट ट्रक नियन्त्रणमा लिएको छ । ना।३ ख। ३९४४ ट्रकमा रहेको सामान करिब ५० लाख रुपैयाँको रहेको प्रहरीको भनाइ छ ।

ट्रक र कन्टेनर सामानसहित राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट