पूजाको हत्या आरोपमा सिरहामा थप एक जना पक्राउ

  डेटूडे खबर समाचारदाता
  २३ फाल्गुण २०७८

                            

जनकपुरधाम । काठमाडौंकी पूजा सिंह पोदारको हत्या आरोपमा प्रहरीले सिरहामा थप एक जनालाई पक्राउ गरेको छ ।

१७ फागुनमा सिरहाको कमला नदी किनारमा हत्या गरिएकी पूजाको हत्या आरोपमा श्रीमान् सिरहाको कर्जन्हा नगरपालिका(७ निवासी अमर राउत यसअघि नै पक्राउ परेका थिए । हत्यामा अमरलाई सघाएको आरोपमा प्रहरीले सिरहाकै कल्याणपुर नगरपालिका( ४ जमुवाका २६ वर्षका मन्तोषकुमार साहलाई पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सिरहाबाट अनुमति लिइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

काठमाडौं महानगरपालिका(२० जैसीदेवल बस्ने २२ वर्षकी पूजासँग अमरले गत माघमा प्रेम विवाह गरेर काठमाडौंमा बस्दै आएका थिए । परिवारले पूजालाई नस्वीकारेपछि सम्झाउन भन्दै सिरहा पुगेका अमर नफर्किएपछि पूजा पनि १७ फागुनमा सिरहा गएकी थिइन् ।

यसबीचमा अमरको अर्कै ठाउँमा विवाह तय भइसकेको थियो । अर्को विवाहमा पूजा समस्या बन्न सक्ने भन्दै अमरले मन्तोषको सहयोग लिएर पूजाको हत्या गरेको प्रहरीको भनाइ छ ।

घट्नामा अन्य व्यक्तिको पनि संलग्नता रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट