श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा एकजना ६ वर्षपछि कतारमा पक्राउ

  डेटूडे खबर समाचारदाता
  २३ फाल्गुण २०७८

                            

काठमाडौं । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा एकजनालाई ६ वर्षपछि कतारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बिसनपुर गाउँपालिका(५ सिरहाका विक्की मुस्कान भनिने भोगेन्द्र यादव छन् । उनीमाथि २०७२ सालमा श्रीमतीको हत्या गरेको आरोप छ ।

 महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उनलाई इन्टरपोलको समन्वय तथा कतार प्रहरीको सहयोगमा क‍तारबाट पक्राउ गरी आज नेपाल ल्याइएको छ ।

ललितपुरको लेले(९ फैडोलको पाइ पार्क जान बाटोमा श्रीमतीको हत्या गरेको उनीमाथि आरोप छ भने उक्त मुद्दा जिल्ला अदालत ललितपुरमा विचाराधिन छ ।

 यस सम्बन्धमा थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी वृत्त चापागाउँमा पेश गरिएको महाशाखाका प्रवक्ता कोइरालाले जानकारी दिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट