११२ र्औ अन्तराष्ट्रीय महिला दिवसको पुर्वसंध्यामा राजनितिमा अर्थपुर्ण महिलाको सहभागिता सम्बन्धी अन्तरकृया सम्पन्न

  डेटूडे खबर समाचारदाता
  २४ फाल्गुण २०७८

                            

जनकपुरधाम। जनकपुरधाममा ११२ र्औ अन्तराष्ट्रीय महिला दिवसको पुर्वसंध्यामा राजनितिमा अर्थपुर्ण महिलाको सहभागिता सम्बन्धी अन्तरकृया सम्पन्न भएको हो ।


सोमवार माण्डवी संस्थाले जनकपुरधामको सीताशरण होटलमा सम्पन्न गरेको प्रदेशस्तरीय राजनितिक दलहरुसंगका अन्तरकृया कार्यक्रमा जसपा, लोसपा , एमाले कांग्रेस सहितका जनप्रतिनिधी नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।


आधीभन्दा बढी म्हिलाको जनसंख्या भएको देशमा प्रत्येक निकायमा महिलाका लागी ३३प्रतिशत आरक्षण भएपनि मधेस प्रदेशमा ५० प्रतिशत आरक्षण दिएर प्रदेशको महिलालाई शसक्त बनाउने प्रयास गरिएको हो कार्यक्रमका अतिथि प्रदेश सांसद परमेश्वर साहले बताए । प्रत्येक स्थानीय तहमा दुइजना वार्ड सदस्य महिला ,त्यसमा पनि एकजना दलित महिला अनीवार्य गरिएको हो तर दुईजना भन्दा बढी महिला वार्ड सदस्य नहुने भनेर तोकिएको कतै पनि छैन तर हाम्रो दृष्टिकोण महिला प्रति सकारात्मक नभएकाले महिला अहिले सम्म अगाडी बढ्न नसकेको अवस्था रहेको सांसद साहले भने । तरपनि पहिला भन्दा अहिलेको अवस्था परिर्वतित भएको र आगामी दिनमा अझै परिवर्तित हुने छ साहले विश्वास व्यक्त गर्नु भए ।

यसरीनै अरक्षण कोटाले नेतृत्त्वसम्म पुगेपनि शिक्षा र चेतनाका अभावामा महिलाहरुको भूमिर्का िर्नणायक तहमा न्यून रहेको सभागीहरुले भनेका छन । संघीय संरचनामा उपयेर वा मेयरमा एक जना महिला अनिवार्य गरिएको छ तर महिलाहरुलाई मात्र उपमेयरमा किन सिमित गरिएको हो वक्तहरुले प्रश्न गरेक थिए । महिलाहरुलाई राजनितिमा महिलाहरुको अर्थपुर्ण सहभागिताका लागी शीक्षामा जोड दिदैं उनीहरुका लागी प्रशिक्षण र तालिमको आवश्यकता रहेको कार्यक्रमका सहभागीहरुले ठहर गरेका छन ।

प्रदेश स्तरीय अन्तरक्रियामा मधेश प्रदेशका धनुषा महोत्तरी सरलाही बारा तथा पर्साको सहभागी जनप्रतिनिधीहरुलाई राजनितिमा महिलाहरुको अर्थपुर्ण सहभागिताका लागी ध्यानपुर्याउनु पर्ने विषयलाई समेटिएर ज्ञापनपत्र समेत बुझाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट