पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन

  डेटूडे खबर डेस्क
  २५ फाल्गुण २०७८

                            

जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । 

आज बुधवार सिंहदरबारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । छलफलपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले नेपाल आयल निगमका जायज मागलाई सम्बोधन गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । यसका लागि नेपाल आयल निगम पनि धराशायी स्थितिमा पुगेको हुनाले उसकाे मागहरूको पनि व्यवस्था होस् भन्ने समितिको ठहर रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट