कोरोना महामारीले निजी विद्यालयको संख्या घट्यो  प्याब्सनले  जनाए

  डेटूडे खबर समाचारदाता
  २६ फाल्गुण २०७८

                            

काठमाडौँ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले कोराना महामारीका कारण आफ्नो सदस्य विद्यालय घटेको जनाएको छ । प्याब्सनको आगामी चैत ७ गते हुने १५औं महाधिवेशको सन्दर्भमा तीनकुनेस्थित कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।


तीन दशकअघि स्थापित प्याब्सनले ६ हजार ५ सय सदस्य रहेको दाबी गर्दै आएको थियो । यसैगरी नेसनल प्याब्सनमा २ हजार ५ सय ४० सदस्य रहेको जनाइएको छ ।


एकातर्फ विद्यालय संख्या घटेको तर लगानी उच्च रहेको प्याब्सनको दाबी छ ।


राजधानीमा हुने प्याब्सनको महाधिवेशनमा देशभरिबाट २ हजार २ सय ४६ प्रतिनिधि सहभागी रहने जनाइएको छ । निर्वाचनबाट तीन वर्षका निम्ति २७ पदाधिकारी र ३९ सदस्य चयन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट