कञ्चनवन पुगेर खेले होली मिथिला मध्यमा परिक्रमाका यात्री

  डेटूडे खबर समाचारदाता
  २६ फाल्गुण २०७८

                            

मिथिला मध्यमा परिक्रमाका यात्री महोत्तरीको कञ्चनवनमा पुगेर होली खेलेका छन् ।

मिथिलाको महाकुम्भको रुपमा मानिने १५ दिने माध्यमिकी परिक्रमा बिहिवार कञ्चनवन पुगेको हो ।

कञ्चनवनमा भगवान राम र माता सीताले त्रेतायुगमा रंग अबिर दलेर होली खेलेको सम्झनामा यहाँ परिक्रमा यात्रीहरु होली खेलेका छन् ।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट सुरु भएको परिक्रमा सातौं दिन महोत्तरीको भंगहा नगरपालिका–९ कञ्चनवन आइपुगेको हो ।

परिक्रमा यात्री भंगहा नगरपालिकामा आउनेभएपछि नगरपालिकाले तिनीहरुको स्वागतमा बुधवार नै विदा दिने घोषणा गरेको थियो । भंगहा नगरपालिकामा बिहिवार सार्वजनिक विदा दिइएको हो ।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू भएको परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट