महिला विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

  डेटूडे खबर डेस्क
  ३० फाल्गुण २०७८

                            

एकदिवसीय महिला विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ। माउन्ट मउगानुईमा सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले उक्त लक्ष्य ४ बल बाँकी हुँदा ३ विकेट गुमाएर पूरा गरेको थियो। इंग्ल्यान्डका लागि ओपनर टमी बेउमोन्टले ६२ रन बनाउँदा एमी जोन्सले ५३ रनको अर्धशतकीय इनिङ खेलिन्। त्यस्तै सोफिया डन्क्लीले २६ रन बनाएकी थिइन्।

जवाफमा दक्षिण अफ्रिकाले लाउरा वलभर्डिटले ७७ रन बनाएकी थिइन्। त्यस्तै कप्तान सुने लुसले ३६ रन बनाउँदा  मारिजने कापले ३२ रन बनाएकी थिइन्। थप स्कोरका रुपमा तजमिन बृटिसले २३ रन बनाएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट