सेवा सुविधामा बहिरा समुदायका पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  डेटूडे खबर डेस्क
  ३० फाल्गुण २०७८

                            

जनकपुरधाम । मंगलवार महामारी तथा प्राकृतिक प्रकोपका समयमा सूचना, सचेतना, सुरक्षा तथा सेवा सुविधामा बहिरा समुदायका पहुँच तथा आवश्यकता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जनकपुरधामको होटल शुभममा 'राष्ट्रिय बहिरा महासंघ नेपाल'को आयोजनामा अन्तरक्रिया कार्यक्रम समापन भएको छ ।

बहिरामैत्री सूचना र सेवाको लागि पहलकदमी त्यस्तै प्रकोप र महामारीको समयमा आउने संकट समस्या र सो को न्यूनिकरण जस्ता विभिन्न विषय वस्तुहरुमा केन्द्रत भएर छलफल भएको हो ।

बहिरा व्यक्तिहरुको लागि सांकेतिक भाषा, शिक्षा, उपचार, मनोरञ्जन र जीवनबिमाको व्यवस्था हुनु अति नै आवश्यक रहेको कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वहरुले आ-आफ्नो धारण राखेका थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट