चैत २४ देखि जनकपुरधाममा मिथिला महोत्सव

  डेटूडे खबर डेस्क
  ०२ चैत्र २०७८

                            

मिथिलाको कला, संस्कृति, धार्मिक परम्परा संरक्षण तथा विकासको उद्देश्य सहित जनकपुरधाममा मिथिला महोत्सवको आयोजना हुने भएको छ ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मिथिला महोत्सव यही चैत २४ देखि चैत ३० सम्म हुने जानकारी दिइयो । महोत्सवमा कला संस्कृतिको जानकारीसहित नेपाल तथा मिथिला क्षेत्रका चर्चित स्थानीय कलाकार एवं गायक गायिकाहरुको प्रस्तुतिसमेत रहने  आयोजक पवनराज जोशीले बताए । 

महोत्सवमा कला संस्कृतिसँगै मिथिलाको जनजिविकासँगै विभिन्न खाद्यान्नदेखि कला सीपसहितका सामग्रीहरु समेत प्रदर्शनी गरिने छ । महोत्सवमा कला संस्कृतिसँगै मिथिलाको जनजिविकासँगै विभिन्न खाद्यान्नदेखि कला सीपसहितका सामग्रीहरु समेत प्रदर्शनी गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट