जनकपुरधाम क्षेत्रभित्र दुई दिन माछा, मासु मदिरा बिक्री बितरण तथा सेवन गर्न रोक

  डेटूडे खबर समाचारदाता
  ०३ चैत्र २०७८

                            

जनकपुरधाम । धनुषा प्रशासनले जनकपुरधाम क्षेत्रभित्र दुई दिन माछा, मासु मदिरा बिक्री बितरण तथा सेवन गर्न रोक लगाएको छ ।

मिथिला परिक्रमाको टोली बिहीबार जनकपुरधाम प्रवेश गर्ने भएकाले बिहीबार र शुक्रबार माछा, मासु, मदिरा बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

 पौडेलद्वारा जारी सूचनामा लागूऔषध, मदिरा, भाँग र अन्य उत्तेजक मादक पदार्थ खाएर सबारी साधन चलाउन, हुलहुज्जत गर्न, चर्काे स्वरमा बाजा बजाउन र डिजे संचालन नगर्न भनिएको छ ।

यस्तै, होली पर्व मनाउने नाममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने जस्ता अराजक कार्य पनि नगर्न सचेत गराइएको छ ।

 उपरोक्त कार्यहरु गरेको पाइएमा प्रचलित कानुन अनुसार कार्वाही हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट