१८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्ग्लादेश खेल्दै

  डेटूडे खबर समाचारदाता
  ०३ चैत्र २०७८

                            

काठमाण्डाै - १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्ग्लादेश खेल्दैछन् ।

भारतको जमसेदपुरमा नेपाल र बङ्ग्लादेशबीचको खेल बेलुका सवा ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० गोलले पराजित भएको थियो । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेश सहभागी छन् ।

नेपालले तेस्राे खेलमा आउँदो मार्चमा २१ मा फेरि भारतसँग खेल्नेछ । त्यस्तै मार्च २३ मा बङ्ग्लादेशसँग खेल्ने तालिका छ । साफ च्याम्पियनसिको शीर्ष टोलीले उपाधि जित्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट