धनुषाबाट १० किलो गाँजासहित एकजना प्रहरीको फन्दामा

  डेटूडे खबर डेस्क
  ०४ चैत्र २०७८

                            

जनकपुरधाम । १० किलो प्रतिबन्धित गाँजासहित एक युवक धनुषाबाट प्रहरीको फन्दामा परेको छन् ।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका १३ किरतपुर वस्ने ३२ वर्षीय सन्तोष कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय यदुकोहाको टोलिले बिहीवार बिहान साढे ११ बजे शहिदनगर नगरपालिका वडा नं ३ यदुकूहाबाट पक्राउ गरेको हो ।

सवारी साधन तथा पैदल यात्रीहरुलाई रोकेर चेकजाँच गरिरहेको अवस्थामा यदुकूहा वजार तर्फबाट प्रदेश नं २(०२(००४ प ११४७ नम्वरको मोटरसाइकलमा पछाडी बोरामधा लैजाँदै गरेको ९ किलो ७ सय ग्राम गाँजासहित उनको साथबाट ६३ हजार नेपाली रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट