आँपको रुखमा मन्जरी देखेपछि किसानवर्गमा छुट्टै उमङ्ग

  डेटूडे खबर डेस्क
  ०५ चैत्र २०७८

                            
विष्णुदेव सरदार/लहान । मधेशका लोकप्रिय फलमध्ये आँप पनि एक हो। आँप स्वाद र स्वास्थ्यका लागि पनि उपयुक्त मानिन्छ ।
आँपको बोट रुखमा लागेपछि मन्जरी फुल( बतिया) देखेर किसानवर्गमा छुट्टै उमङ्ग साथै हर्षित भएका छन ।
 
यतिबेला तराई मधेशका जिल्लाहरुमा आँपका विरुवामा मजरी आएको र आँप खेतीका लागि सिरहा, सप्तरी पनि प्रख्यात छन्। आँपको विरुवामा मन्जरी आएपछि तराई मधेशका किसान हर्षित भएको छ ।
यसपालि रुखमा पात ढाक्नेगरि मजर लागेपछि आँप उत्पादनमा वृद्धि हुने लक्ष्मीपुर पतारीका एक वृद्धि हरिलाल रामले अनुमान गरेका छन ।
 
अर्कोतिर अकाशे पानीको चिन्ता पनि लागिएको पानी परेपछि मन्जरी कालो भई झर्ने डर पनि छ । विभिन्न किसिमका आँपहरु जस्तै मालदह, दसहरी, सपेताह, बमई लगायतका आँपको स्वाद पनि बेग्लै हुन्छ। तराईका आँपका फुलबारी यतिबेला सुग्न्धित लाग्न थालेको छ ।
 
आँप खानले धेरै किसिमको रोग पनि सन्चो भएको छ । आँपको आफ्नै अलौकिक विशेषता हुन्छ । किसान हरिलाल सँगको आजको कुराकानीमा मजरमा किरा लागेपछि किसानलाई सर्वप्रथम गटर मेशिनद्वारा औषधि छर्नुपर्ने बताए ।
 
उनका अनुसार हावाहुरी, पानीले मन्जरीलाई धेरै क्षति गर्ने भएकोमा अहिलेसम्म हावापानी चलेको पाइदैन । यो सँगै आँपका जोन मानिएको सिरहा, सप्तरी, धनुषा जिल्लाबाट उत्पादन भई नेपालका विभिन्न भु-भाग तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गर्छन।
  
 
  
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट