धनुषामा जीप दुर्घटना हुँदा दुई न्यायाधीश घाइते

  डेटूडे खबर डेस्क
  ०६ चैत्र २०७८

                            

जनकपुरधाम । 

पूर्वपश्चिम राजमार्ग अन्तर्तगत धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित खडक खण्डमा भएको दुर्घटनामा दुईजना न्यायाधीश घाइते भएका छन् ।

घाइते हुनेमा सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया रहेको धुनषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको न्यायाधीश सवार बा.२झ. ३९२५ नम्बरको जीप र विपरीत दिशातर्फ जाँदै गरेको ना.१ज. ६५०७ नम्बरको विंगर ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते दुवै न्यायाधीशलाई उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट