महिला प्रहरीकाे मृत्यु, आज बिहानैदेखि कर्फ्यु

  डेटूडे खबर डेस्क
  ०७ चैत्र २०७८

                            

मोरङ । लेटाङमा स्थानीयको आक्रमणबाट एक प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।

दक्षिणमा लेटाङ नगरपालिका वडा नं ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रजिअ दाहालले बताए ।

यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको हो । आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप भएको हो ।

कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी नविन राईले बताए । यौन दुर्व्यवहार आरोपी शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि झडप भएको थियो ।

त्यसक्रममा महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप पौडेलमाथि छ । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भीडले आक्रमण गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट