राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

डेटूडे खबर डेस्क
०८ चैत्र २०७८
काठमाडौं । स्थानीय चुनावमा उम्मेदवार हुने जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसिंहता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिमा आदेश जारी गरेको छ ।
न्यायाधीस श्रेष्ठको एकल इजलासले मंगलबार कारण देखाउसहित राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिंदै अदालतले आयोगलाई छलफलका लागि बोलाएको बोलाएको छ । दुवै पक्षलाई बोलाएर छलफल गरेपछि अन्तरिम आदेश जारी गर्नु पर्ने कि नपर्ने वा अल्पकालीन अन्तरिम आदेशको खारेजी हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्चले निर्णय गर्ने बताइएको छ ।
आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दायर गरेको रिट उपर सर्वोच्चको आदेश आएको हो ।
यता, निर्वाचन आयोगले पदमा रहेकै व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार बन्दा श्रोत र साधनको दुरुपयोग हुन सक्ने बताएको छ ।