सर्वाधिक छिटो ५० विकेट लिने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप विश्वकै दोस्रो बलर
                  
                            
                             डेटूडे खबर समाचारदाता  
                            
                             
                              १२ चैत्र २०७८  
  
                        
                            
काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।
साथै उनी सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर बनेका छन् । सन्दीपले पपुवा न्युगिनी पीएनजीसँगको दोस्रो एकदिवसीयमा १३ औं ओभरको पहिलो बलमा चार्ल्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गरेका हुन् । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका छन् । एकदिवसीयमा सर्वाधिक छिटो ५० विकेट लिने किर्तिमान श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट लिएका हुन् । 
                        
                     
                    
                  
                            