एघार लाख रुपैयाँ सहित एकजना पक्राउ

  डेटूडे खबर डेस्क
  १३ चैत्र २०७८

                            

लहान : सिराहा जिल्लाको लहान नगरपालिका-१ स्थित मटिअर्वाबाट चैत १२ गते सशस्त्र प्रहरीले स्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँसहित सोही जिल्लाको भगवानपुर गाउँपालिका-४ बस्ने ४४ वर्षीय दिलीपकुमार साहलाई पक्राउ गरेको छ।

 विशेष सूचनाका आधारमा निज साहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी र नम्बर ७ गणबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनका साथमा रहेको उक्त रुपैयाँको निजले स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका साहलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट