सहकारी एन प्रदेशसभाबाट सर्वसम्मतले पारित

  डेटूडे खबर डेस्क
  १४ चैत्र २०७८

                            

जनकपुरधाम । सोमबार  (आज) बसेको मधेस प्रदेश सभाको आठौं अधिवेशनको १३ औँ बैठकबाट ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरिएको छ ।

प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै मधेस प्रदेशमा पारित हुने विधेयकको संख्या ४४ पुगेको छ ।

आजको बैठकमा सभामुख सरोजकुमार यादवले रूलिंग गरेपछि बैठकमा मन्त्रीहरुले सदनमा उठेको प्रश्नको जबाफ दिएका थिए ।

प्रदेश सभाको अर्को बैठक चैत १६ गते बुधवार दिउँसो १ बजे बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट