त्रिदेशीय टी–२० शृङ्खला : मलेसियाले पीएनजीलाई दियो १ सय ८१ रनको लक्ष्य
डेटूडे खबर डेस्क
१५ चैत्र २०७८
जनकपुरधाम । त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा तीन विकेट गुमाएर एक सय ८० रन बनायो ।
मलेसियाका लागि विरन्दीप सिंहले नटआउट ५९, अहमद फैजले ५६ र सैयद अजिजले ४७ रन बनाए । बलिङतर्फ पीएनजीका नोर्मन वनुवाले दुई विकेट लिए । एक सय ८१ रनको लक्ष्य पाएकाे पीएनजीले अहिले ब्याटिङ गरिरहेकाे छ ।
त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले दोस्रो खेल भोलि बुधवार मलेसियासँग र तेस्रो खेल पर्सि बिहीवार पीएनजीसँग खेल्नेछ ।