इटहरी उपमहानगरपालिकामा बम विष्फोट

  डेटूडे खबर समाचारदाता
  १५ चैत्र २०७८

                            

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर–२ मा बम विष्फोट भएको छ । वडा नम्बर–२ स्थित नव जागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा डेरामा बस्ने रविन थापाको घरमा विष्फोट भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए ।


बम विष्फोटमा परेर डेरावाला २२ वर्षीय रविन थापा र उनका साथी लमजुङ घर भएका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । रविनको विराटनगर स्थित आँखा अस्पताल र शेरजंगको धरान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।


विष्फोट भएको ठाउँमा ‘कफन अवधारणा’ र हिमाल सुरक्षा परिषद्को पर्चा फेला परेको डिएसपी खड्काले बताए । उनले भने–‘घटनाबारे अनुसन्धान गर्दै छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट