नेकपा एमालेका दुई पक्षबीच झडप हुँदा वडा अध्यक्ष सहित ६ जना घाइते

  डेटूडे खबर डेस्क
  ०७ वैशाख २०७९

                            

बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ मा नेकपा एमालेका दुई पक्षबीच झडप हुँदा वडा अध्यक्षसहित ६ जना घाइते भएका छन् ।

वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको हाे । उनका अनुसार दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष देवान सहित ६ जना घाइते भएका छन् ।

झडपमा परी वडा अध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन् । उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट