जनकपुरधामका प्रमुख र उप-प्रमुखद्वारा राजीनामा

डेटूडे खबर डेस्क
०९ वैशाख २०७९
जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रिता कुमारी मिश्रले पदबाट राजीनामा दिएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि प्रमुख साह र उपप्रमुख मिश्रले आ–आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
उनीहरूले आज दिउँसो राजीनामा दिएका छन् । प्रमुख सहित केही वडाध्यक्षहरूले पनि राजीनामा दिएका छन् ।
साहले भने, ‘म लगायत उपप्रमुख र वडाध्यक्षहरू उपमहानगरपालिकाको कार्यालय पुगेर हामीले राजीनामा बुझाएका छौं ।’
उम्मेदवार बन्न हालको पद त्याग गर्नुपर्ने प्रावधान अनुसार आफूहरूले राजीनामा पत्र बुझाएको साहले जानकारी दिए ।
प्रमुख साह जनता समाजवादी पार्टीबाट पुनः उक्त पदका लागि उम्मेदवारी दिँदैछन् भने उपप्रमुख मिश्र लोकतान्त्रिक समाजवादी पार्टीबाट उपप्रमुख पदमा प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ ।