उम्मेदवारहरुले गर्दै छन् जित सुनिश्चित र असल नेतृत्व खोज्दै जनता !

  डेटूडे खबर डेस्क
  ०३ मंसिर २०७९

                            

भोली आइतबार मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको मतदानमा उम्मेदवारहरु आ-आफ्नो जित सुनिश्चितताको दाबि गरिरहेका छन् । उम्मेदवारहरुले आफ्नो पक्षमा नै बहुमत आउने दाबि गरिरहेका छन् । उनीहरुको दाबिको कुरो नतिजाले नै प्रष्ट पार्छन् तर गाउँ समाज र टोलमा जनता अहिले अन्योलमा छन् कुन उम्मेदवार/नेता राम्रो कुन नेताले उनीहरुको समस्या बुझ्नेछन् कुन नेताले उनीहरुको लागि काम गर्नेछन् यो सबै प्रश्न जनताले मनमा केलाइरहेका छन् र चुनाबमा गठबन्धनका उम्मेदवार, स्वतन्त्र उम्मेदवार र चुनाब चिन्हका विषयमा पनि संसङ्कित छन् कुन दलले कुन दलसँग गठबन्धनमा छ र कुन चिन्हमा छाँप लगाएर हामिले आफ्नो उम्मेदवारलाई विजयी बनाउँन सक्छौ भनेर अहिले चोक चोकको चियाचर्चाको विषय बनेको छ ।

मंसिर १ गते महोत्तरीको बर्दिबासमा राष्ट्रिय मानव अधिकार आयोग, आदिबासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग र मधेशी आयोगले निर्वाचन भड्किलोपन कम भएको प्रतिवेदन सार्वजनिक गरेका छन् । आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरका अनुसार राजनीतिक दल र उम्मेदवारले प्रचार प्रसारका क्रममा प्रयोग गरिने बैनर, पर्चा, पम्पलेट, जुलुस, रयाली र आमसभा लगायत चुनावी कार्यक्रममा तडक भड्क निकै कम देखिएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा प्रष्ट पारे अनुसार प्रचार प्रसारमा कमि भएको कारणले पनि जनताको चुनावको सन्दर्भमा अन्योलता बढेको हुन सक्छ ।

भोट हाम्रोलाई हैन राम्रोलाई दिनु तर अहिलेको सन्दर्भमा राम्रो को हुन भनेर एउटा ठुलो प्रश्न जनता माझ रहेको देखिन्छ? "भोट कसलाई दिने र राम्रो नेता अथवा राम्रो नेतृत्व कसले गर्न सक्छन्? भनेर मेरो मनमा पनि सधै प्रश्न आउँछ तर उत्तर पाइरहेको छैन् जनकपुरधाममा कैंसर अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डा. खुस्बु साह भन्छिन । यो प्रश्न मात्र डा. साहको हैन हाम्रो देशको ठुलो शहरको पढेलेखेका शिक्षित समुदाय देखी गाउँघरका पढे लेखेका साधारण किसान सम्मको हो नेताको विषयमा? राज्यलाई राम्रोसँग चलाउँन एउटा सुयोग्य व्यक्तिको आवश्यकता हुन्छ ।

सुयोग्य व्यक्ति जो होस्, मेरो राज्य कसरी विश्वमा आफ्नो छाँप र पहिचान बनाओस र यसको लागि मलाई के गर्नुपर्छ? राज्यको नेतृत्वकर्ताका हैसियतले म के गर्न सक्छु मेरो देशको जनता सुखी सम्पन्न बनोस । हाम्रो परोसी देश भारतमा विगत २ कार्यकालदेखी देशको बागडोर प्रधानमन्त्री मोदीले सम्हालेका छन् । केहि त खास होला नरेन्द्र मोदीमा कि उहाँ एक साधारण चियावाला देखी गुजरातका मुख्यमन्त्रीको भूमिकामा छन् । के हाम्रो देशमा कुनै यस्तो नेता छैन् जसले जनताको मन जोतेर देशको कल्याण गर्नका साथ-साथ आफ्नो वृत्तिलाई पनि उँचाई सम्म पुर्याउन सकुन र सायद छैन् होँला ।

राजतन्त्रका कुरा पनि एकचोटी मनमा केलाई जुन समयमा राजा बन्ने परम्परा थियो त्यो समयमा पनि राजाले जनताको मन जित्न सकेन् त्यो राजाले लामो समय सम्म गठन योग्य सकेन् । त्यो राजाले लामो समय सम्म लामो समय सम्म राज्य भोग्न सकेन् । पौराणिक कालमा केकईको हठ पूरा गर्न महाराज दशरथले रामचन्द्रलाई बनबास र भरतलाई राजा बनाउँन निर्णय गरेका थिए तर भरतलाई नागरिकले राजा स्वीकार गर्दिन बरु रामसँग हामि पनि बनबासमा नै जान्छौ भन्दै रामका पछि लागेका थिए । त्यसरी नै महाभारतमा राजा धृतराष्ट्रले आफ्नो पुत्र दुर्योधनलाई युवराज बनाउँन निर्णय गरेपछि राजाको विरोध गर्दै नागरिकले युधिष्ठिरलाई युवराज बनाउँने अनुरोध गरेका थिए । हस्तिनापुरको नागरिकलाई थाहा थियो युधिष्ठिर सत्यवान, धर्मवान, धैर्यवान र शक्तिशाली व्यक्ति हुन जसले राजा भएपछि हाम्रो राज्यको सर्वाङ्गिन विकास गर्न सक्छन् ।

जनता जनार्दनलाई सबै थाहा छ कि कस्तो व्यक्तिको हाथमा देशको बागडोर दिँदा देशको विकास हुन सक्छ । देश र जनताका हितमा कसले आफ्नो वर्चस्व न्यौछावर गर्न सक्छ । उनीहरु प्राचिनकाल देखी नै सक्षम राजाको समर्थन गर्दै आइरहेका छन् भने आजको युगमा किन गर्न सक्दैनन् तर यहाँ ईमान्दार नेताको कमी छ, कर्मठ नेताको कमी छ, योग्य नेताको कमी छ । आवश्यकता छ पार्टीमा सुयोग्य, कर्मठ र इमान्दार नेताको जसलाई भारी बहुमतले जिताएर जनता आफ्नो मताधिकारको सही ठाउँमा प्रयोग गर्न सकुन र देश राम्रो नेता पाएर विकासको मार्गमा फड्को मार्न सकोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट