मधेसका भौतिकमन्त्री यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी

  डेटूडे खबर डेस्क
  ०६ चैत्र २०८०

                            

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले थप दुई मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले यादवलाई गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् ।

एमाले संसदीय दलका नेता यादव सोमबार मन्त्री नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

नयाँ सत्ता समीकरण अनुसार एमालेलाई प्रदेश सरकारमा सहभागी गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट