सरकारले भाेलि ७ अर्ब ६९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने

  डेटूडे खबर डेस्क
  ०७ चैत्र २०८०

                            

काठमाण्डौँ । नेपाल सरकारले भाेलि सात अर्ब ६९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोलमार्फत आन्तरिक ऋण उठाउन लागेको हो ।

यो ऋणपत्रको अवधि आठ वर्ष रहेको छ । सरकारले चालु आर्थिक वर्षमा दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । त्यहीअनुसार भाेलि राष्ट्र बैंकले विकास ऋणपत्र बोलकबोल गर्ने भएको हो ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट