साउन महिनाः हरियो चुरा र मेहन्दीको महत्व

  डेटूडे खबर डेस्क
  ११ श्रावण २०८१

                            

माला राय, जनकपुरधाम । साउन महिनामा हरियो रंगको विशेष महत्व हुन्छ । साउन महिना वर्षा र ऋतुको महिना मानिन्छ । चारैतिर हरियाली छरिएको रमनिय र सुन्दर वातावरण भएको महिना मानिन्छ । साउन महिना आउन साथ आमा, दिदी, वहिनीहरुको हाथ हरीयो चुरा र मेहन्दीले सजिएको हुन्छ ।  प्रकृतिको सुन्दर हरियाली र महिला दिदि बहिनीहरुको हरियो पहिरनले छुट्टै आन्नद र अनुभूति भइरहेको हुन्छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.१२ बस्ने शुक्ला देवी भन्छिन् । सालको १२ औं महिना मध्ये साउन महिनाको पर्खाई अलि विशेष हुन्छ । यसको पछाडिका कारण पनि धेरै छन् ।

हरियो रंग प्रकृति बहुलता, सौभाग्य र सकारात्मक उर्जा वृद्धिको प्रतीक हो । हरीयो रंगले जीवनमा खुसी लयाउँछ । प्रकृति सँग–सँगै आफु पनि त्यहि रंगमा सिङ्गारिदा आत्म मनोबल पनि बढ्छ ।

त्यस्तै साउनमा हरियो पहिरन लगाउँदा भगवान शिव खुसी हुने धार्मिक विश्वास पनि रहेको छ । साउन भरी नै शिवजीको हरेक मठ, मन्दिर भक्तजनहरुले भरिएको हुन्छ । यो महिना धार्मिक रुपले पूजा पाठ भजन किर्तन गर्ने शिवजीको ध्यान गर्ने महिनाको रुपमा पनि लिइन्छ ।

ज्योतिषशास्त्रका अनुसार हरियो रंग बुद्ध ग्रहको प्रतीक हो । हरियो रंग लगाउँदा बुद्ध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने मान्यता रहेका छन् ।

शास्त्री मोहन झा बताउँछन् । साउन महिना भरी नै धेरै जसो मानिस लसुन, प्याज, माछा, मासु नखाई प्रत्येक सोमबारको ब्रत बसी निष्ठा पूर्वक भगवान शिवको ध्यानमा शिवको पूजा पाठमा आफुलाई व्यस्त पारेको हुन्छ । यात्रा जति पनि लामो या कठिन किन न होस् भक्तजनहरु विना चप्पल, जुत्ता लगाइ हिडेर नै यात्रा तय गर्ने गर्दछ । लामो दुरीको यात्रा होस वा जनिकको भक्तजनहरु शिवजीको जल अर्पनको लागि निष्ठा पूर्वक तयार भएको देखिन्छ । अहिले साउन भरी नै महोत्तरी जलेश्वरनाथ महादेव मन्दिर, नेपालको बाबाधाम भनिने टुटेश्वरनाथ महादेव मन्दिर एवं धनुषाको क्षिरेश्वरनाथ महादेव मन्दिर, जनकपुरधामको शिव मन्दिर, भुतनाथ, कपिलेश्वरनाथ महादेव मन्दिर लगायत अधिराज्य भरीका शिवालयहरुमा भक्तजनहरुको घुँइचो लागेको हुन्छ । भक्तजनहरु प्रकृतिको रंगसंगै आफुलाई पनि त्यही रंगमा सिंगारिएको हुन्छ । जुन दृश्य हेर्न मनमोहक देखिन्छ ।

साउन महिना भरि नै चुरा पसलमा हरियो चुरा र लुगा पसलमा हरियो रंगको कपडा भरिभराउँ देखिन्छ । साउन महिनामा चुरा मेहन्दीको व्यापार बढ्छ । व्यापारी अशोक साह भन्छन अरु समयमा दिनभरी गिन्तीकै हिसाबले ग्राहक आउँने अहिले त व्यापारीलाई भयाई नभयाई भएको छ । विहान देखी लिएर राती सम्मै ग्राहकको भिड लागेको हुन्छ । पूरै दिनभरी हरियो चुरा, टिकुली, मेहन्दी, पोते लगायतका सामग्री एकदमै बढि बिक्री वितरण भएको बताए त्यस्तै अर्को व्यापारीले भने यो साउन महिना पर्वको महिना हो जसो लाग्छ कारण त ८ साल देखी पसल थापेर बसेको तर १२ औँ महिना मध्ये यो साउन महिनामा सबैभन्दा बढि व्यापार चल्ने आम्दानिको स्रोत बढ्ने महिना हो ।

कस्मेटिक पसल चलाउँने मिना देवी अरु बेला चुरा धेरै नबिक्ने भए पनि यो महिनामा मांग धेरै भएको बताउँछन् । अरु बेला खासै चुरा, मेहन्दी पोते बिक्री बेचिदैन् । ग्राहक कम आउँने गर्छन् तर साउनमा त हरियो चुरा नल्याए त कामै हुन्न । दिनभरी अहिले ४०–५० दर्जन चुरा विक्रि हुने गरेको बताइन् ।

विवाहीत हुन वा अविवाहित साउन महिना भरी युवतीहरुको हरियो पहिरनमा आकर्षण बढेको देखिन्छन् । विवाहित महिलाहरु सुख समृद्धि पतीको दिर्घायुको लागि एवं अविवाहितहरु राम्रो पती होस भन्ने चाहना लिएर साउन भरी नै हरियो रंगको पहिरन गरी शिवजीको पूजा पाठ गर्ने गर्दछिन् ।

धार्मिक मान्यता अनुसार पार्वतीले साउन महिना भरी निराहार रही कठोर ब्रत बसेर भवगान शिवलाई प्राप्त गरेका मानिन्छ । त्यसैले पनि महिलाहरुले हरियो रंगलाई बढि महत्वका साथ धार्मिक र सांस्कृतिक रुपले यो महिनालाई बढि महत्व दिएको हुन्छ जसले गर्दा हरेक महिला दिदि बहिनीहरुको हातमा काँचको चुरा मेहन्दीले सजिएको हुन्छ बिरलै यस्तो महिला भेटिन्छ साउनमा जसको हातमा चुरा र मेहन्दी हुदैन् ।

केही वर्ष यता साउन महिनामा महिलाहरु एकजुट भई हरियो चुरा, मेहन्दी लगायत श्रृङ्गारका सामानहरु उपहारमा दिई सेलिब्रेशन गरेको पनि देखिन्छ । सबै महिला साथिहरु एकत्रित भई गीतगान गर्ने, एक अर्कालाई शुभकामना आदान प्रदान गर्ने एक अर्कालाई सिन्दुर, मेहन्दी दिएर रमाइलो गरेको पनि देखिन्छ ।

साउनमा महिना भरी नै ब्युटि पार्लरहरुमा मेहन्दी लगाउँनेहरुको घुँइचो देख्न सकिन्छ  । प्रायः सबै मेहन्दी लगाउँनकै लागि आउँने गरेको ब्युटिसियन ललिता साह बताउँछिन् । यो महिनामा धेरे जसोले कपास समेत नकाट्ने शिवजीको महिना भएको हुँनाले महिना भरी नै ध्यान भजन गर्ने हातमा महादेवको तस्विर, त्रिसुल, डमरुको चित्र बनाउँने गर्छिन् र यसले व्यापारमा आम्दानि पनि राम्रै भएको बताईन ।

कक्षा ९ मा अध्ययनरत गुनगुन कर्णले भनीन पढाइले गर्दा आफुसंग समयको अभाव हुन्छ मेहन्दी लगाउँन जान्दा पनि अहिले पढाइलाई नै प्राथमिकता दिएको छु । वर्ष भरी घरमा मेहन्दीको लागि कहिले काहि मलाई खोज्ने मान्छे यो महिनामा मेरो घरमा मान्छेको भिडै हुन्छ जति नै नाई भनेपनि घरमै आइपुग्दा विद्यालयको समय बाहेक अबेर राती सम्म मेहन्दी लगाउँनमै व्यस्त हुन्छु । आफ्नो इच्छा खुसीले दुबै हातको २ हजार रुपिया देखी २५ सय रुपिया सम्म यहाँ सम्म कि ३ हजार सम्म दिएर जान्छ ।

अहिलेको समयमा मान्छेले अलिक आफ्नो लागि सोचि दियो भने कोहि बसेर खादैन् अर्काको निर्भरमा बस्नु पर्दैन् । हाम्रो समाज पनि अघि बढ्दैछन् सिलाई, बुनाइ र मेहन्दी जस्ता सिप सिकेर राम्रो आम्दानि हुन सक्ने कर्णले डेटूडे खबरसँग कुराकानी गर्दे बताइन् ।

साभारः डेटूडे खबर (राष्ट्रिय दैनिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट