नेसपाको यादव समूहले थप्यो केन्द्रीय सदस्य

  डेटूडे खबर डेस्क
  १७ भदौ २०८१

                            

नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव समूहले केन्द्रीय समिति सदस्य संख्या थप गरेको छ। हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले कार्यकारिणी समितिमा रामकैलाश यादव, माहम्मद इजरायल, सुरदबहादुर स्याङतान, होमकुमारी दोङलगायतलाई थप गरेको छ भने नेताहरुको कार्यविभाजन पनि गरिएको छ ।

यस्तै नेसपाले कोशी र लुम्बिनी प्रदेशको अभिमुखीकरण भदौ २५ देखि ३० सम्म गर्ने, कर्णाली र सुदूरपश्चिमको अखिमुखीकरण असोज ५ देखि १५ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट