विद्यापति ट्रष्टद्वारा स्मृति पर्वमा दर्जनौ श्रष्टा सम्मानित
डेटूडे खबर डेस्क
२९ कार्तिक २०८१
जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापति ठाकुरको स्मृति दिवस २०८१ जनकपुरधामसहित देशको विभिन्न स्थानमा मनाउने क्रम सुरु भएको छ । सामान्यतया कात्तिक महिनाभरि नै विविध कार्यक्रम गरी विद्यापति स्मृति पर्व मनाईन्छ । विभिन्न स्थानमा विभिन्न मितिमा कार्यक्रमको आयोजना हुने गरेको छ ।
विद्यापतिले साहित्य, संस्कृति र राजनीतिक क्षेत्रमा समेत प्रभाव जमाएको पाइन्छ । विद्यापतिको जन्म सन्दर्भमा तथ्यगत भिन्नता देखिए पनि मृत्यु कात्तिक धवल त्रयोदशीलाई स्विकार गरिएको पाईन्छ ।
सोही क्रममा जनकपुरधाममा नवगठित विद्यापति ट्रष्ट जनकपुरधामले विभिन्न कार्यक्रम गरी विद्यापति स्मृति पर्व मनाएको छ । बुधवार एक समारोहबीच उनको स्मृति दिवस मनाइएको हो ।
विभिन्न तीन चरणमा आयोजित कार्यक्रममा कविगोष्ठी, शुभकामना मनतव्य तथा सम्मान कार्यक्रम र बालबालिकाहरुद्वारा संस्कृतिक नृत्यको आयोजना गरिएको छ । त्यसैगरी बुधबार राति स्थानीय मिथिला नाट्यकला परिषदको आयोजनामा संस्कृतिक कार्यक्रम गरिएको बताइएको छ ।
यस अघि समारोहका मुख्य अतिथि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विद्यापतिचोक स्थित विद्यापतिको शालिकमा पुष्प वर्षा गरेका थिए । नेता निधिसहितका सहभागि अतिथिहरुले पनि विद्यापतिको शालिकमा माल्यार्पण गरेका थिए ।
सो कार्यक्रममा मनतव्य दिँदै नेकाँका पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कविकोकिल विद्यापतिलाई सामाजिक र राजनैतिक परिवर्तनकालागि क्रान्तिकारी योद्धा रहेको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका निधीले भने, विद्यापति कवि मात्र नभई समाजिक संरचना र व्यवस्थापन, शासन स्र्वोच्चता र व्यवस्थापन र समाजिक परिवर्तणका सम्वाहक पनि रहेकाले त्यसै अनुसार वहाँको स्मरण हुन आवश्यक छ । उनले नेपाल र भारतमा पनि विद्यापतिका रचना र महिमाको बखान हुने गरेको भएपनि विद्यापतिको कालमा नेपाल र भारत भन्ने देशनै नरहेको पनि तर्क गरे । राजा र राजपरिवारलाई शासन गर्न प्रेरित गर्ने कुशल विज्ञको काम पनि विद्यापतिले गरेको बताउदै उनले उनलाई कविता, रचना र गितकारका रुपमा मात्र स्मरण गरिए अपूर्ण हुने बताए ।
आफूले दर्जनौ श्रष्टाहरुलाई सम्मान गर्न पाउँदा खुशी भएको अनुभूति सुनाउँदै नेता निधिले विद्यापति ट्रष्टलाई धन्यवाद ज्ञापन गरेका थिए । विद्यापतिको योगदान र महिमाको बखान शब्दमा गर्न नसकिने बताउँदै उनले भने,‘हामिलाई जे थाहा छ भक्ति रस र श्रृँगार रसका रचनाहरु उहाँको बढी छ ,विद्यापति शिवजीको अनुकर्ता हुनुहुन्थयो । राधा कृष्णको पनि अनुकर्ता हुनुहुन्थयो ।
कार्यक्रममा वरिष्ठ साहित्कार तथा लेखक रोशन जनकपुरीले विद्यापतिलाई कुनै एकजाती विशेष भन्दा पनि समाजिक अभियन्ता र समाज सुधारकको रुपमा पनि बुझनुपर्ने र बिश्लेषण हुनुपर्ने बताए । विद्यापति व्यापक भएको बताउँदै जनकपुरीले देवता, जातीको घेराबाट बाहिर निकालेर उनको व्यपकतालाई प्रचार गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा वक्ताहरुले विद्यापतिको योगदान, महिमा र उनको बारे अहिले भइरहेको चर्चा परिचर्चा र सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए । यस अघि आयोजित कवि सम्मेलनमा करिब डेढ दर्जन कविहरुले आ आफ्नो रचना सुनाएका थिए । ट्रष्टका अध्यक्ष दीपक झाको अध्यक्षतामा भएको सो समारोहमा ट्रष्टका पदाधिकारीहरुलाई समेत गमछा ओढाएर सम्मान गरिएको थियो ।
मिथिलाका ईतिहासकार÷जानकारहरुका अनुसार विद्यापतिको समयमामिथिला भाषा,शिक्षा र संस्कृतिको निकै चहल पहल थियो,त्यसबेला शिक्षा क्षेत्रमा काशी जस्तै मिथिला पनि चर्चित थियो । विद्यापतिको जन्मस्थल भारतको विहारको मधुबनी जिल्ला अन्र्तगत विसपी क्षेत्र मानिएको छ । तर,उनको कर्म,साधना र सिर्जना भूमि नेपालको पूर्वी क्षेत्र रहेको छ ।
तत्कालनीन मिथिलाको राजधानी ओइनीमा आएर विद्यापतिले संस्कृत साहित्य,न्यायशास्त्र, र धर्मशास्त्रको अध्ययन गरे । विद्यार्थी जीवनदेखि ने उनले कविता कर्म थालेका थिए । उनको अध्ययन चिन्तन,व्यवहार र काव्य कौशलबाट प्रमाणित भई ओइनीका राजा शिवसिंहले उनलाई राजपण्डितको सम्मान दिएका थिए ।
विद्यापति निकै रसिक र जाँगरिला स्वभावका हुनाले प्रशस्त मात्रामा गीत र कविताको रचना गरे । त्यसबेला राजस्व नबुझाएको आरोपमा दिल्लीका सुल्तान ईब्राहिम शाहले राजा शिव सिंहलाई बन्दी बनाए । तर,विद्यापतिले गीत कविता मार्फत आफ्नो प्रतिभाबाट सुल्तानालाई प्रभावित पारी राजा शिव सिंहलाई मुक्त गराए ।
त्यसपछि जलालुद्दिनले मिथिलामा आक्रमण गर्दा पनि उसलाई हराउनमा विद्यापतिको विशेष भूमिका देखिन्छ । त्यसको कदर गर्दै राजा शिव सिंहले कविलाई जन्मेको विसपी गाउँमा दानमा दिएका थिए ।
त्यसको केहिपछि फेरि भएको आक्रमणमा राजा शिवसिंहले हारेपछि विद्यापति र रानी राज बनौली हाल महोत्तरीका राजापुरादित्यको आश्रममा गए । पराजय र निर्वासनको घटनाले विद्यापतिको चिन्तनमा परिवर्तन आयो । विद्यापतिको रचनामा प्रेम,श्रृंगारको ठाँउमा अध्यात्मिक चिन्तन र भक्तिधारा प्रवाहित हुन थाल्यो । उनका रचनामा सुप्रसिद्ध विद्दान तथा पीयुषवर्षी उपाधिबाट सम्मानित महाकवि जयदेवको विशेष प्रभाव परेको मानिन्छ । विद्यापतिका प्रेम,स्मृति,नीति,साहित्य तथा भक्तिसम्बन्धि अनेक ग्रन्थ रहेका छन् । कीर्तिकला तथा पदावली उनका सबभन्दा प्रसिद्ध कृति हुन । विद्यापति बाँगमयको संरक्षणको दृष्टिबाट नेपाल अत्यन्त महत्वपूर्ण भूमि रहेको बताइन्छ । विद्दानहरुकाअनुसार नेपालमा विद्यापति मौलकि रुपमा आदर र संरक्षित छन् । यिनको व्यक्तित्वलाई विखण्डन गरिएकै छैन ।
श्रृंगारपूर्ण कवितात्मक गीतमा विरह र वेदना समान र सरल रुपमाबाट उल्लेखित गर्नु उनको विशेषता हो । एउटी विरहणी परदेश गएका आफना पतिको आगमनकालागि कागबाट शुभसन्दे खोज्छिन्,कागले सन्देशको आदान प्रदान गर्ने कुरा जग प्रसिद्ध छ र यसै सन्दर्भमा विद्यापतिले विरहिणीको व्यथालाई यसरी पोखेका छन् ।
मोरा रे अंगनवा चन्दनके गछिया
तहि चढी कुररय काग रे !
सोनाके चोँच बाँधी देब कगवा
गहुँ पहु आबत हमार रे !
यसको भावार्थ हो – मेरो आँगनमा चन्दनको रुख छ,त्यसैमा चढी कराउ काग! मेरो पति आउनु भएपछि तिम्रो थुतुनोमा सुनले बाँधि दिन्छु ।