प्रेस मञ्च नेपालको महाधिवेशन बैशाख ६ र ७ गते जनकपुरधाममा हुने

  डेटूडे खबर डेस्क
  ०९ फाल्गुण २०८१

                            

जनकपुरधाम । प्रेस मञ्च नेपालको महाधिवेशन  वैशाख  ६ र ७ गते जनकपुरधाममा हुने भएको छ ।

प्रेस मञ्च नेपालको बिहीबार जनकपुरधाममा बसेको केन्द्रीय समितिको बैठकले आगामी बैशाख ६ र ७ गते  जनकपुरधाममा महाधिवेशन हुने जनाएको छ ।

बैठकले महाधिवेशनका लागि फागुन मसान्तभित्र सदस्यता वितरण, चैत्र १५ गते भित्र जिल्ला अधिवेशन र चैत्र मसान्त सम्म प्रदेश अधिवेशन सम्पन्न गर्नु पर्ने निर्णय  भएकाे अवधेश झाले जानकारी दिए ।

जनता समाजवादी पार्टी नेपालले भातृ तथा शुभेच्छुक संगठनहरुलाई बैशाख २२ गतेभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गरेको परिपत्र अनुसार शुभेच्छुक संगठन रहेको प्रेस मञ्च नेपालले पनि महाविधेशन गर्न लागेको हो ।

मञ्चका कार्यवाहक अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको बैठकमा जसपा नेपालका कार्यकारिणी समिति सदस्य एवं बौद्धिक पेशाकर्मीका इन्चार्ज डा. सुरेन्द्र यादव, जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशोर यादव, जसपा नेपाल केन्द्रिय प्रचार विभाग सदस्य एवं प्रेस मञ्च नेपालका संस्थापक आतिश मिश्र, मञ्चका प्रदेश अध्यक्ष अभरेन्द्र यादव, उपाध्यक्ष एवं जसपा नेपाल मधेस प्रदेशका प्रचार प्रसार तथा प्रकाशन विभाग सदस्य रामहृदय यादव, महासचिव बन्दना झा, कोषाध्यक्ष माला राय लगायत मञ्चका मधेस प्रदेशका आठवटै जिल्लाका जिल्ला अध्यक्ष तथा सदस्यहरुको विशेष उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट