अवैध सालको काठसहित दुई जना पक्राउ

डेटूडे खबर डेस्क
११ फाल्गुण २०८१
। नेपाल प्रहरीले अवैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ । आज गए राति १ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
गस्तीको क्रममा रौतहटको चन्द्रपुर नगरपालिका–४ बाट वर्ष ३२ का जयकिशोर कुमार र वर्ष ४० को सनिचर धामी पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ४ वटा साइकलमा लोड गरी लुकाई छिपाई चिडया दहबाट चपुर तर्फ लैजादैँ गरेको अवस्थामा सालको काठको गोलिया २१ क्युफिट, साईकल ४ थान बरामद गरि कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको प्रहरीले जनाएकाे छ ।