महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

डेटूडे खबर डेस्क
२३ फाल्गुण २०८१
महोत्तरी । महोत्तरीमा बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन् ।
हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तलाल प्रसाद जयसवारले जानकारी दिए ।
दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरूको उपचारकाे लागि प्रादेशिक अस्पताल जलेश्वर तथा प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाकि रहेकाे जयसवारले बताए ।