टि ट्वान्टी विश्व कप- नेपाल जितको नजिक पुगेर ५ रनले हारे
डेटूडे खबर डेस्क
२५ माघ २०८२
जनकपुरधाम । तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ८२ रनको साझेदारी तथा लोकेश बमको विष्फोटक ब्याटिङ गरेपनि नेपालले टि ट्वान्टी विश्वकप जितेको नजिक पुगेर फेरि चुकेको छ।
नेपाल इङ्ल्यान्डसँग ४ पराजित भएको छ। नेपालले ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो। अघिल्लो विश्व कपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।
नेपाललाई जितका लागि अन्तिम ओभरमा १० रनको आवश्यकता थियो। तर नेपालले ५ रन मात्र जोड्न सक्यो।
१ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालका लागि दीपेन्द्र र रोहितले सम्हालिएर प्रदर्शन गरे। दीपेन्द्रले सर्वाधिक ४४ रन जोडे।
इङ्ल्यान्ड विरुद्ध बराबरीको टक्कर दिएको नेपालले दीपेन्द्र आउट भएपछि ब्याटिङ लाइनअप धर्मराएको थियो । १४.२ ओभरमा दीपेन्द्र श्याम करनको बलमा आउट भए।
२९ बलमा दीपेन्द्र ६ चौका १ छक्का प्रहार गरे। त्यसको अर्को ओभरमा (१५.३) रोहित ३९ रनमा आउट भए। रोहितले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि ओपनर कुशल भुर्तेलले दमदार सुरुवात गरे। १७ बलमा उनले ४ चौका र १ छक्कासहित २९ रन जोडे। अर्का ओपनर आसिफ शेख ७ र उनका दाजु आरिफ शेखले १० रन बनाए । लोकेश २० बलमा ४ चौका र २ छक्कासहित ३९ रनमा नटआउट आउट रहे ।
मुम्बईको वाङखडे स्टेडियममा त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
ज्याकब बेथल र कप्तान ह्यारी ब्रुकले चौथो विकेटको लागि ७१ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए। त्यसअघि शेर मल्लले ड्रिम डेब्यु गर्ने क्रममा फिल्ड साल्टको विकेट लिए ।
उनले डेब्युको पहिलो बलमै साल्टको विकेट लिएका हुन्। जोस बटलरले २६ रन बनाउँदै नन्दन यादवको बलमा आउट भए । बटलरले १७ बलमा ५ चौका प्रहार गरे।
पावर प्लेमा इङ्ल्यान्डले २ विकेटको नोक्सानीमा ५७ रन जोडे थियो। बेथमले अर्धशतक बनाउँदै इङ्ल्यान्डलाई १ सय रन पार गराएका थिए। ११.२ओभरमा इङ्ल्यान्डले १ सय रन पूरा गरे। दीपेन्द्र सिंह ऐरीको बलमा ३५ बलमा बेथमले समान ४ चौका र छक्कासहित ५५ रन बनाए।
टोम बेनटोन सन्दीप लामिछानेको बलमा २ रन बनाएर आउट भए । साम करन २ रनमा दीपेन्द्रको बलमा बोल्ड भए । कप्तान ब्रक ५३ रन बनाउँदै नन्दनको बलमा आउट भए । ३२ बल खेलेका ब्रुकले ४ चौका र ३ छक्का प्रहार गरे। फिल ज्याक्सले १८ बलमा १ चौका र ६ छक्कासहित नटआउट ३९ रन बनाए । अन्तिम ओभरमा इङ्ल्यान्डले २२ रन जोडेको थियो।
दीपन्द्र र नन्दनले समान २ , शेर, सन्दीपले समान १ विकेट लिए। नेपाल र इङ्ल्यान्डको खेलमा १६ हजार ३ सय ७६ दर्शकको उपस्थिति थियो।
