सिरहा सदरमुकाममा बम विस्फोट

  डेटूडे खबर डेस्क
  २७ फाल्गुण २०८२

                            

काठमाडौं । सिरहा सदरमुकाममा बम विस्फोट भएको छ । जिल्ला अदालतको नजिकै पूर्वपट्टी रहेको मधेश ल फर्ममा बम विस्फोट भएको हो । घटनास्थलको साइडमा सिरहा बार एशोसिएसनको कार्यालय रहेकाे छ ।

विस्फोट भएको ल फर्म अधिवक्ता मधुसुदन यादवको रहेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो ४ बजे भएको बम विस्फोटमा परि एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएको छ भने अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट