भारतमा ४२२ जनामा देखियो ओमिक्रोन

  डेटूडे खबर डेस्क
  ११ पौष २०७८

                            

जनकपुरधाम, ११ पुस । भारतमा कोभिडनको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४२२ पुगेको छ । संक्रमितमध्ये सबैभन्दा बढी महाराष्ट्रका छन् । महाराष्ट्रमा १०८ जनामा नयाँ भेरियन्ट देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनबाट संक्रमित ४२ जना निको भएर घर फर्किएका छन् । त्यस्तै, दिल्ली र गुजरातमा क्रमशः ७९ र ४३ जनामा ओमिक्रोन देखिएको छ । दक्षिणी तेलंगना राज्यमा ४१ जना र केरलामा ३८ जनामा ओमिक्रोन देखिएको छ ।   ओमिक्रोन संक्रमितमध्ये धेरैले कोभिड खोप लगाएको बताइएको छ ।         

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट