उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिएर एक जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २९ पौष २०७८

                            

सुनसरी,२९ पुष । सुनसरीको कोशी गाउँपालिका-३ कोशीटप्पुमा उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिंदा एक जनाको मृत्यु भएको छ ।

ट्रली पल्टिएर च्यापिंदा स्थानीय ४० वर्षीय कुमार उराउको मृत्यु भएको हो ।

हिंजो साँझ ६ बजेतिर उखु लोड गरेर डोरीले बाँध्ने क्रममा ट्रली पल्टिएर उराउ च्यापिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट