पर्यटनमन्त्री आलेलाई कोरोना सङ्क्रमण

  डेटूडे खबर डेस्क
  ०३ माघ २०७८

                            

जनकपुरधाम, ०३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोमवार बिहान गरिएको परीक्षणमा उहाँलाई कोरोना पोजेटिभ देखिएको उहाँकाे सचिवालयले जनाएकाे हाे। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र हाेम आइसोलेशनमा बस्नुभएको प्रेस संयोजक विमल विष्टले जानकारी दिनुभयो। 

आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ । मन्त्री आलेको सचिवालयले केही दिनयता मन्त्री तथा स्वकीय सचिवसँग सम्पर्कमा आएका सबै नागरिकलाई सतर्कता अपनाउन र कोरोना जाँच गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट