प्रदेश नम्बर २ को स्थायी राजधानी ‘जनकपुरधाम’ कायम

  डेटूडे खबर डेस्क
  ०३ माघ २०७८

                            

प्रदेश  नम्बर २ को स्थायी राजधानी जनकपुरधाम कायम  भएको छ। 

सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा  गरेका हुन्।

 जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावमा अब उत्तरमा धनुषा ढल्केवरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट