मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

  डेटूडे खबर डेस्क
  ०५ माघ २०७८

                            

जनकपुरधाम । मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ ।

प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो बिदा दिएको प्रदेश सरकारले आज पनि मधेस बलिदानी दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको हो ।

मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा आज पनि प्रदेशमा सार्वजनिक बिदा दिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

प्रदेश सरकारले यसवर्ष सप्तरीको राजधानीमा आज माघ ५ गते विशेष कार्यक्रम गरी मनाउन लागेको छ । यस वर्षको कार्यक्रममा मधेश आन्दोलनका क्रममा सहिद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री साहले बताउनुभयो ।

राजविराजमा हुने कार्यक्रमका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता तथा प्रदेश सरकारका मन्त्री राजविराज पुगिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट