त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

  डेटूडे खबर डेस्क
  ०६ माघ २०७८

                            

जनकपुरधाम । त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।

शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘भोलि र पर्सिको इन्ट्रान्स परीक्षा हुन्छ । त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेका छौं ।’

त्रिविले शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा हुनेछ । तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट