२४ घण्टामा १० हजार ५२ संक्रमित थपिए : चार जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०६ माघ २०७८

                            

जनकपुरधाम । पछिल्लो २४ घण्टामा १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको परीक्षण गर्दा आधामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी ६ हजार चार सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा २२ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । २७ हजार ४९७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा चार जनाको मृत्यु भएको छ भने ६ सय ४९ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट