२४ घण्टामा थपिए १०२५४ संक्रमित
डेटूडे खबर डेस्क
०८ माघ २०७८
जनकपुरधाम । नेपालमा कोभिड १९ परीक्षण गरेका आधा जसोमा संक्रमण भएको छ ।
२४ घण्टामा देशभर २० हजार १ सय ८७ जनामा गरिएको परीक्षणमा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ७०८ जना निको भएर घर फर्किएका छन् ।
२४ घण्टा १६ जनाको मृत्यु भएको छ । तेस्रो लहरपछि २४ घण्टामा सबैभन्दा बढीको मृत्यु भएको हो ।