धनुषा चेम्बर अफ कमर्श द्वारा १०१ वालिकालाई लत्ता कपड़ा वितरण

  डेटूडे खबर डेस्क
  ०८ माघ २०७८

                            

जनकपुरधाम । धनुषा चेम्बर अफ कमर्स, जनकपुरधामको आयोजनामा मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राम सरोज यादवज्यूको प्रमुख आतिथ्यतामा गरीब तथा विपन्न परिवारका एक सय एक वालिकाहरुलाई समीज, सुरूवाल, दुपट्टा तथा शल (चादर) वितरण गरेको छ ।

dhanusha chamber of commerce2

उक्त कार्यक्रमको अध्यक्षता धनुषा चेम्बर अफ कमर्शका अध्यक्ष बिजय साह, कार्यक्रम संयोजक शंकर प्रसाद साह, विशिष्ट अतिथि पूर्व मन्त्री अरबिन्द साह, अतिथि पूर्व मेयर बजरंग प्रसाद साह, जनकपुरधाम उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष जानकी राम साह, गौँ संरक्षण मंचका अध्यक्ष जगदीश महासेठ, मारवाड़ी सेवा समितिका अध्यक्ष निर्मल चौधरी लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित विशिष्ट अतिथि एवं अतिथिहरुद्वारा जनकपुरधाम सहित धनुषाको व्यापारको अवस्था सुधार बारे आ-आफ्नो धारणा राखेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट