डा.प्रधानद्वारा निःशुल्क स्वास्थ्य शिविर धनुषाको औरही गाउँपालिकामा

  डेटूडे खबर डेस्क
  ०८ माघ २०७८

                            

धनुषा । शनिवार धनुषाको औरही गाउँपालिका वडा न‌ं ‌‍‍‌६ मा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम डा. रवि रंजन प्रधान(कन्सल्टेन्ट फिजिशियन) को नेतृत्वमा सम्पन्न भएको छ । 

उक्त शिविरको आयोजक औरही गाउँपालिकाका वडा नं‍.६ का अध्यक्ष दिलिप प्रसाद साहबाट भएको थियो ।

siwirr22

शिविरका प्रमुख प्रधानसंगै सहयोगी मेडिकल टिममा कोशिला मंडल (H.A), फिजिशियन केयर ल्किनिक (लाईफ गार्ड फार्मेसी) द्वारा राखिएको निःशुल्क स्वास्थ्य शिविरमा २०० देखी २५० बिरामीलाई चेकजाच गरी निःशुल्क औषधि वितरन समेत गरिएको थियो ।

उक्त शिविरको मेडिकल टिममा डा. रवि रंजन प्रधान (कन्सल्टेन्ट फिजिशियन) संगै डा. सतिश कुमार शर्मा (बालरोग विशेषज्ञ), डा. नन्दन साह (मेडिकल अफिसर), डा. रवि साह (मेडिकल अफिसर), फर्मासिस्ट विधान चंद महतोको सहभागीता रहेको थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट