महाेत्तरीको एक माेटरसाइकल वर्कशपमा आगलागी ३५ लाख बराबरको क्षति
.jpg)
डेटूडे खबर डेस्क
०९ माघ २०७८
०९ माघ २०७८
महोत्तरीमा शनिवार मोटरसाइकल रिपियरिङ सेन्टरमा आगलगी भएको छ ।
महोत्तरीको सोनमा गाउँपालिका– १ सोनमा बजारमा रहेको मोटरसाइकल रिपियरिङ सेन्टरमा गएराति आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरकाे क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा गएराति आगलागी भएकाे हाे । आगलागीबाट घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जासहित त्यहाँ रहेका सबै सामान जलेर क्षति भएको हो ।
गौशाला नगरपालिकाको दमकल सहितको सहयोगमा प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट मानवीय तथा पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ ।