चौतर्फी आलोचनाभएपछि मधेस सरकारले सच्यायो राजपत्रको नक्सा

डेटूडे खबर डेस्क
०९ माघ २०७८
जनकपुरधाम । मधेश प्रदेश सरकारले आफ्नो राजपत्रमा नेपालको नक्सा सच्याएको छ । प्रदेशको नाम र राजधानी राजपत्रमा प्रकाशित गर्दा नेपालको पुरानै नक्सा राखेपछि आलोचना भएको थियो । आलोचनापछि आइतबार प्रदेश सरकारले चुच्चे नक्सा राखेर राजपत्र पुन: प्रकाशन गरेको हो ।
संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले राजपत्रमा चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेपछि यसको आलोचना भएको थियो ।
आज नेपालको नयाँ नक्सा राखिएको प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी गराएका हुन् ।