सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान्–श्रीमती पक्राउ

  डेटूडे खबर डेस्क
  ०९ माघ २०७८

                            

जनकपुरधाम । प्रहरीले सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान्–श्रीमतीलाई पक्राउ गरेका छन् ।

जिल्लाको हरिवन नगरपापालिका वडा नं. ८ पुरानो बजारस्थित भित्री सडकखण्डमा बा६८प ४९७२ नम्बरको मोटरसाइकलबाट दुवैजना श्रीमान्–श्रीमतीलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

बागमती नगरपालिका वडा नं. १२ का ३८ वर्षीय रुद्रबहादुर अधिकारी र उनको श्रीमती ३० वर्षीय पत्नी ऋचा अधिकारीलाई प्रहरी पाँच किलो गाँजा सहित पक्राउ गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट